back to top
शनिबार, २०८२ श्रावण ३१ गते

सुदूपश्चिममा सर्पदंशबाट ४३ जनाले गुमाए ज्यान

सुदूपश्चिममा सर्पदंशबाट ४३ जनाले गुमाए ज्यान

प्रकाशित:

महेन्द्रनगर– सुदूपश्चिममा सर्पदंशका कारण पछिल्लो दुई बर्षमा ४३ जनाले ज्यान गुमाएका छन ।

सर्षले टोकेको थाहा पाएर पनि उपचारका लागि समयमै अस्पताल नपुर्याउँदा सर्पदंशका कारण मृत्यु हुनेको संख्या बढेको हो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०८०–८१ मा मात्रै २३ जनाको सर्पको टोकाईबाट ज्यान गएको छ । २०८१–८२ मा १७ र चालु आवको हालसम्म ३ जनाले सर्पको टोकाईबाट मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

दुई वर्षको अवधिमा सर्पको टोकाईबाट सबैभन्दा बढी कैलालीमा २४ जनाको ज्यान गएको छ । त्यस्तै कञ्चनपुरमा १० जनाको सर्पदंशबाट मुत्यु भएको छ । बैतडी र डडेलधुरामा तीन–तीन जनाको बिषालु सर्पको टोकाईबाट ज्षान गएको छ ।

डोटी, दार्चुला र अछाममा एक–एक जनाको सर्पको टोकाईबाट ज्यान गुमाएको प्रहरी जनाएको छ । गोमन र करेत जस्ता विषालु सर्पले टोकेका तर उपचारका लागि अस्पताल पुगाउन ढिलाइ गर्दा धेरैले ज्यान गुमाउने गरेको प्रहरीको भनाई छ ।

विशेषगरी नेपालमा वैशाखदेखी असोजसम्म सर्पदंशका घटना बढी हुने गरेको छ ।

समयसीमा अपडेट