back to top
शनिबार, २०८२ श्रावण ३१ गते

आरक्ष विस्थापितको प्रश्न– हाम्रा लागि पनि मानव अधिकार आयोग छ ?

आरक्ष विस्थापितको प्रश्न– हाम्रा लागि पनि मानव अधिकार आयोग छ ?

प्रकाशित:

महेन्द्रनगर– उमेरले ६० नाघेका जयबहादुर रोकाया एक हप्तादेखी भोकै छन । उनी यतिबेला महेन्द्रनगर बजारको मुख्य चोकमा रहेको रुखमुनी त्रिपाल अनि मच्छरदानीको सहारामा छन् । उनीसंगै ८२ बर्षका रणबहादुर सिंह पनि घरपरिवार छाडेर संगै छन् ।

बजारको ब्यस्त त्यो चोक भएर मान्छेको आउँजाउँ निकै हुन्छ । कपाल फुलेका पाको उमेरका नातीनातिना खेलाउँदै घरमा बस्नुपर्ने बेला रोकाया र सिंह पछिल्लो केही दिनदेखी बिभिन्न सचारमाध्येमका र्शिषक बनेका छन् ।

कारण हो सरकारको बेवास्था अनी, राजनैतिक दलका नेताको स्वार्थ मात्र । जसका कारण रोकाया र सिंह सहित दुई हजार बढी परिवारको तेस्रो पुस्ता जंगलमा छ ।

जयबहादुर र रणबहादुर अबको पुस्तालाई ब्यवस्थित बसोवासी बनाउन संर्घषमा छन । उनीहरु श्रावण २२ गतेदेखी पुर्नस्थापना सहितका बिभिन्न ५ बुँदे माग राखी आमरण अनसनमा बसेका छन ।

बुधबार मात्रै धनगढीस्थित राष्ट्रिय मावन अधिकार आयोगको टोली अनसनरत रोकाया र सिंहको अवस्था बुझ्न आयो । आयोगको सुदूरपश्चिम प्रदेश प्रमुख प्रकाश भट्ट सहितको टोलीले उनीहरुको स्वास्थ्य अवश्थासंगै बिस्थापितका पुर्नस्थापना माग बारे जानकारी समेत लियो ।

मावन अधिकार आयोगको टोलीले रोकाया र सिंहलाई अमरण अनसन रोक्न आग्रह पनि गरयो । तर, उनीहरुले कुनै हालतमा अनसन स्थगित नगर्ने, आफुहरुको अन्तिम उपाय यही भएको बताए ।

अनसनरत रोकाया र सिंहसंग कुरा गर्दै राष्ट्रिय मावन अधिकार आयोगको टोली संगै जिल्ला समन्वय प्रमुख दुर्गा दत्त बोहरा । तस्वीर– तेजसिंह मुस्कान, समयसीमा

आरक्ष पिडित संर्घष समितीका अध्यक्ष समेत रहेका रोकायाको प्रश्न थियो, हाम्रा लागि पनि मानव अधिकार छ ? भएको भए अहिलेसम्म कहाँ थियो ? राज्यबाटै हामी माथी अन्याय हुँदा किन चुप बस्यो मानव अधिकार ? यसरी नै प्रश्न माथी प्रश्न गरे बिस्थापित रोकायाले ।

उनले २३ बर्षदेखी अहिलेसम्म हरेक पल आफुहरुको मानव अधिकार हनन भएको भन्दै आयोगका पदाधिकारी समक्ष दुखेसो गरे । आयोगका सुदूरपश्चिम प्रदेश प्रमुख भट्टले सबै कुरा लिखित रुपमा दिन सुझाव दिएको रोकायाले समयसीमासंग बताए ।

आयोगको टोलीसंगै जिल्ला समन्वय कञ्चनपुरका प्रमुख दर्गादत्त बोहराले पनि अनसनमा बसेका आरक्ष बिस्थापितको स्वस्थ्य बारे जाकारी लिएका थिए । उनले जिउँज्यान भन्दा ठुलो केही नभएको भन्दै अवरण अनसन रोक्न सुझाएका थिए ।

आरक्ष बिस्तापित लामो समयदेखीको समस्या भएकाले सरकार, राजनैतिक दल लगायत सबै यसबारे गम्भीर रहेको समन्वय प्रमुख बोहराले बताए । कुनै एकजना माननीय वा एक राजनैतिक दलले चाहेर मात्रै यो समस्या हल गर्न नसकिने प्रमुख बोहराको भनाई थियो ।

समयसीमा अपडेट