back to top
बिहीबार, २०८२ श्रावण २९ गते

महाकालीमा बहाव बढ्यो, सारदा ब्यारेजमा ठूला गाडी निषेध

महाकालीमा बहाव बढ्यो, सारदा ब्यारेजमा ठूला गाडी निषेध

प्रकाशित:

महेन्द्रनगर– महाकाली नदीमा पानीको बहाव एक लाख क्यूसेक नाघेको छ । पहाडी भेगमा बर्षा भईरहेका कारण महाकालीमा पानीकाे बहाव बढेको हो ।

पानीको सतह बढ्न थालेपछि सारदा ब्यारेजमा चारपांग्रे सवारी साधन गुड्न रोक लगाईएको छ ।

यस बर्षकै उच्च बहाव मापन पछी गतसाता पनि नेपाल–भारत नाकामा रहेको सारदा ब्यारेजमा चार दिनसम्म ठूला सवारी आवागमन रोकिएको थियो । त्यस बेला एक लाख ६८ हजार क्यूसेक बहाव पुगेको थियो ।

एक सय बर्ष पुरानो सारदा ब्यारेजमा पानीको बहाव एक लाख क्यूसेक पुग्नासाथ भारतीय पक्षले ठूला सवारीसाधन गुड्न निषेध गर्दै आएको छ ।

साडे १० बजेको मापन अनुसार महाकालीमा एक लाख २६ हजार क्यूसेक बहाव रहेको छ । पानी बढ्ने क्रममा रहेकाले तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अग्रह गरेको छ ।

बिहानको मापन अनुसार एक लाख ४ हजार २ सय २० क्यूसेक पानी थियाे ।

समयसीमा अपडेट