back to top
बुधबार, २०८२ श्रावण २८ गते

महेन्द्रनगरमा जेसीज क्षेत्र घ सम्मेलन हुँदै

डेढ हजार बढी जेसी सहभागी हुने ।

महेन्द्रनगरमा जेसीज क्षेत्र घ सम्मेलन हुँदै

डेढ हजार बढी जेसी सहभागी हुने ।

प्रकाशित:

महेन्द्रनगर– नेपाल जेसीज क्षेत्र घ सम्मेलन आगामी असोज पहिलो साता महेन्द्रनगरमा हुने भएको छ ।

१० वर्षअघि सन् २०१५ मा नेपाल जेसिजले ४२ औं राष्ट्रिय महाधिवेशन आयोजना पछि पहिलो पटक महेन्द्रनगरमा ठुलो कार्यक्रम गर्न लागेको हो ।

उति बेला महाधिवेशन कार्यक्रम आयोजना गरिएकाे सिटि हलमै जेसीजले यस पटक पनि क्षेत्र घ सम्मेलन स्थल तय गरेको छ ।

जेसीजको क्षेत्र ३ अन्तर्गत नारायणी पश्चिम नेपालका ५८ शाखा छन् । सम्मेलनमा ती शाखाका प्रतिनिधि सहित जेसीज राष्ट्रिय समितिका पदाधिकारी सदस्य र पर्यवेक्षक गरी एक हजार पाँच सय प्रतिनिधि सहभागी हुने महेन्द्रनगर जेसीजले जनाएको छ ।

महेन्द्रनगर जेसीजको आतिथ्यतामा असोज ३ र ४ गते सम्मेलन आयोजना हुने छ । बुधबार पत्रकार सम्मेलन गरी क्षेत्रीय सम्मेलन घ सम्बन्धि जानकारी दिइएको छ ।

‘महेन्द्रनगर जेसीजले ३८ वर्ष पूग्दै गर्दा असोज ३ र ४ गते क्षेत्रीय घ सम्मेलन सुन्दर नगरी महेन्द्रनगरमा आयोजना गर्ने तयारी गरेका छौ’ पत्रकार सम्मेलनमा महेन्द्रनगर जेसीज वर्ष २०२५ का अध्यक्ष राजेन्द्र प्रसाद अवस्थीले भने ।

दुई दिने सम्मेलनमा सहभागीहरुलाई विभिन्न पर्यटकीय स्थलको भ्रमण गराउने कार्यक्रम समेत रहेको अध्यक्ष अवस्थीले बताए ।

झिलमिला ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधारा चाँदनी झोलुङ्गे पुल, ब्रह्मदेब मण्डी, रानी ताल, बेदकोट ताल, लिङ्गा, झिलमिला, सिद्धबाबा मन्दिर, बैजनाथ धाम, कलपट्टे मन्दिर, विष्णु मन्दिर साकेतधाम, बतासे झरना, बन्दा ताल, शोभा ताल, प्याराताल, महाकाली नदीको चार लेन पक्की पुल सहितका पर्यटकीय स्थल भ्रमण सूचीमा समावेश गरिएका छन् ।

सम्मेलनमा राष्ट्रिय स्तरमा चर्चित कलाकार पनि सहभागी हुने बताइएको छ । विभिन्न साँस्कृतिक कार्यक्रम, प्रशिक्षण, युवा सम्मान, पर्यटकीय क्षेत्र भ्रमण लगायतका कार्यक्रम तय गरीएको छ ।

विभिन्न समिति बनाएर सम्मेलन तयारी थालिएको छ । सम्मेलन निर्देशक महेन्द्रनगर जेसीज वर्ष २००६ का अध्यक्ष कृष्ण प्रसाद पाठकलाई ताेकिएकाे छ ।

समयसीमा अपडेट