back to top
बुधबार, २०८२ श्रावण २८ गते

कञ्चनपुरका आरक्षविस्थापित सदरमुकाममै आमरण अनसनमा

आरक्ष विस्थापितहरू जिल्लाका विभिन्न १४ वटा शिविरमा करिब २५ सय परिवार अब्यवस्थित रुपमा बसोबास गर्दै आएका छन् ।

कञ्चनपुरका आरक्षविस्थापित सदरमुकाममै आमरण अनसनमा

आरक्ष विस्थापितहरू जिल्लाका विभिन्न १४ वटा शिविरमा करिब २५ सय परिवार अब्यवस्थित रुपमा बसोबास गर्दै आएका छन् ।

प्रकाशित:

महेन्द्रनगर– तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल निकुञ्ज) विस्तारका क्रममा विस्थापित भएकाहरू श्रावण तेस्रोसाता देखि कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित मदन चोकमा आमरण अनसन बसेका छन ।

आफूहरुकाे पुनस्र्थापनाको माग गर्दै आमण अनसन बसेका हुन ।

लामो समयदेखि आरक्षपिडितको ब्यवस्थीत बसोवास नभएको भन्दै जयबहादुर रोकाया र रणबहादुर सिंह आमरण अनसनमा बसेका छन् । उनीहरु गएको असारमा काठमाडौँको माइतीघरमा पनि अनसन बसेका थिए ।

पूर्नस्थापनाको माग गर्दै आमरण अनसनमा बसेका जयबहादुर रोकाया र रणबहादुर सिंह । तस्वीर– समयसीमा

माइतीघर अनसनका क्रममा वनमन्त्री ऐनबहादुर शाहीबाट केही दिनमैं निर्णय हुने आश्वासन पाएपछि आफूहरु फर्केको तर दुई महिना बित्दा पनि कुनै सुनवाई नभएपछि आमरण अनसन बस्नुपरेको आरक्ष पीडित संघर्ष समितिका अध्यक्षसमेत रहेका रोकायाले समयसीमासंग बताए ।

दिवानसिंह विष्टको अध्यक्षतामा बनेको २१ औं आयोगले सिफारिस गरेअनुसार दुई हजार चार सय ७३ परिवारलाई पुनस्र्थापना गरिनुपर्ने उनीहरुको भनाई छ ।

विस्थापितहरूलाइ कम्तीमा १० कट्ठाका दरले जमिन उपलब्ध गराउनुपर्ने, हालसम्मको क्षतिपूर्ति दिनुपर्ने, ढक्का, लल्लरे डाँडाँ र तारापुर शिविरका विस्थापितलाई तत्काल बसोबासको व्यवस्था गरिनुपर्ने, आरक्ष विस्थापितलाई द्वन्द्वपीडित घोषणा गरिनुपर्ने र बालबालिकालाई शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने माग गरेका छन् ।

पूर्नस्थापनाको माग गर्दै आमरण अनसनमा बसेका जयबहादुर रोकाया र रणबहादुर सिंह । तस्वीर– समयसीमा

आरक्ष विस्थापितहरू कञ्चनपुर जिल्लाका विभिन्न १४ वटा शिविरमा बसोबास गरिरहेका छन् । सबैभन्दा बढी ढक्का शिविरमा ६ सयभन्दा बढी परिवार बसोबास गरिरहेका छन् । साथै, तारापुर र लल्लरे डाँडाँमा पनि विस्थापित बसिरहेका छन् । बाणी दैजी लगायतका स्थानमा पनि विस्थापित बसोबास गरिरहेका छन् ।

महेन्द्रनगरमा आमरण अनसनसँगै बेदकोट नगरपालिकाको दैजी, बनहरा शिविर र ढक्का शिविरमा पनि रिले अनसन भइरहेको रोकायाले बताए । माग पूरा नभए अन्तिममा आफ्नो जमिन आफै अमिन भएर नापजोख गरेर जमिन छुट्याइने अध्यक्ष रोकायाको भनाई छ ।

तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षको पूर्वी क्षेत्रमा १ सय ५५ वर्गकिलोमिटर जमिन अधिग्रहण गरेर आरक्ष क्षेत्र विस्तार गरिएको हो । हाल शुक्लाफाँटाको क्षेत्रफल ३ सय ५ वर्गकिलोमिटर रहेको छ ।

समयसीमा अपडेट