back to top
आईतवार, २०८२ श्रावण २५ गते

महाकाली नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता

महाकाली नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता

प्रकाशित:

महेन्द्रनगर– कञ्चनपुरस्थित महाकाली नदीमा बगेर दुई जना बालिका बेपत्ता भएका छन ।

भीमदत्त नगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा आईतबार दिउँसो करिब २ बजे दुई जना बालिका बेपत्ता भएका हुन ।

भीमदत्त नगरपालिका–११ बस्ने मुकेश पन्तकी ७ बर्षिया छोरी सानवि पन्त र सोहि ठाउँका पदम पन्तकी ७ बर्षिया छोरी जीविका पन्त महाकालीमा नुहाउने क्रममा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय गड्डाचौकीका वरिष्ठ नायब निरीक्षक सुरेन्द्र चन्द्रले बताए ।

बालिका बेपत्ता भएको जानकारी लगत्तै स्थानीय बासिन्दा सहित सुरक्षाकर्मीको टोलीले नदीमा खोजि कार्य गरिरहेको वरिष्ठ नायब निरीक्षक चन्द्रले जानकारी दिए ।

समयसीमा अपडेट