back to top
आईतवार, २०८२ श्रावण २५ गते

एनपीएल दोस्रो सिजनः खेलाडिहरुको सुक्ष्म लिलामी पश्चात कुन टोली कति बलियो ?

एनपीएल दोस्रो सिजनः खेलाडिहरुको सुक्ष्म लिलामी पश्चात कुन टोली कति बलियो ?

प्रकाशित:

कञ्चनपुर– नेपालको सबैभन्दा ठुलो व्यवसायिक क्रिकेट एनपीएल जसलाई विदेशीहरुले क्रिकेटको हिमालयन उत्सव भन्न थालेका छन, आफ्नो दोस्रो सिजनको तयारीमा छ । शनिवार एनपीएलका लागि नेपाली खेलाडिहरुको सुक्ष्म लिलामी (मिनी अक्सन) सम्पन्न भएको छ ।

आठ ओटै टोलीले दोस्रो सिजनका लागि आफ्नो आफ्नो टोलीमा खेलाडिहरु भित्र्याउन रणनीतिहरु बुनेका थिए । एक सय ५० खेलाडीहरु मध्ये जम्मा ३७ जना अब्बल खेलाडिहरुलाई व्यवसायीक टोलीले अनुबन्ध गरेका छन् । सुक्ष्म लिलामीमा सबै टोलीले चासो देखाएका खेलाडी थिए, मोहम्मद आदिल आलम । उनलाई काठामाण्डौ गोर्खाले पाएको छ । सबै टोलीले उनीमाथि १५ लाखको बोली लगाएपछि चिट्ठा मा काठमाण्डौ भाग्यशाली सावित भयो । आलमलाई पाउँदा काठमाण्डौको अक्सन टोली अत्याधिक खुसी र उत्साहित देखिन्थ्यो ।

त्यसैगरी युवा स्पिन बलर युवराज खत्रीका लागि पनि आठ ओटै टोलीले दावी गर्दा उनी कर्णालीमा पुगेका छन् । एक भन्दा धेरै टोलीले दावी गर्दा चिट्ठा मार्फत छिनोफानो गर्ने क्रममा हेमन्त धामी सुदुरपश्चिममा, देव खनाल अर्जुन साउँद चितवनमा, शेर मल्ल लुम्बिनीमा, पवन शर्राफ कर्णालीमा पुगेका छन । अन्त्य तिर काठमाण्डौ र कर्णाली बाहेक सबै टोलीले आवश्यक खेलाडिहरुको संख्या बाँकि खेलाडिहरुको सुचीबाट पुरा गरेका छन् ।

सुक्ष्म लिलामी पछि कुन टोली कति बलियो ?
यो सुक्ष्म लिलामी सकिएपछि सबै टोलीका नेपाली खेलाडीहरुको सुची तयार भएको छ ।
विराटनगर किग्सः सन्दिम लामिछाने, लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, नारायन जोशी, सुर्य तामाङ, साहिल पटेल, श्रवण किस्कु र शंकर राना ।
जनकपुर बोल्टसः असिफ सेख, अनिल शाह, ललित राजवंशी, रुपेश सिँह, किशोर महतो, शुभ कंकसार, तुल बहादुर थापा, सचिन भट्ट, आदित्य महता, मयन यादव र विकास आग्री ।
चितवन राइनोजः कुशल मल्ल, रिजन ढकाल, कमल सिह ऐरी, दिपक बोहरा, अमर सिह रौटेला, गौतम केसी, देव खनाल, अर्जुन साउँद, विपिन रावल, विपिन आचार्य र रन्जित कुमार ।
काठमाण्डौं गोर्खाजः करण केसी, भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ, रासिद खान, उत्तम थापा मगर, तुल बहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम ।
पोखरा एभेन्जर्सः कुशल भुर्तेल, दिनेश खरेल, विपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, तीर्थराज दास, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल, सन्दीप क्षेत्री ।
लुम्बिनी लायन्सः रोहित पौडेल, सन्दिप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिषेश गौतम, दिनेश अधिकारी, दिलिप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता र आदिल खान ।
कर्णाली याकः सोमपाल कामी, नन्दन यादव, गुल्सशन झा, अर्जुन घर्ती, दिपेन्द्र रावत, विपिन शर्मा, युनिश ठकुरी, पवन शर्राफ, इमरान सेख, दिपक डुम्रे र युवराज खत्री ।
सुदुरपश्चिम रोयल्सः दिपेन्द्र ऐरी, विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, नरेन साउँद, इशान पाण्डे, हेमन्त धामी, टेक बहादुर रावत, दिपेश थापा, दिपक बोहरा र मिलन बोहरा ।

मिनी अक्सन सकिए पछिको टोलीको प्रतिक्रिया बाट पनि कुन टोली कस्तो भयो भन्ने अनुमान लगाउन सकिन्छ । काठमाण्डौंका प्रशिक्षक मोन्टी देशाइ ले भनेका छन, हामी सोचेअनुसार नै खेलाडि भित्र्याउन सफल भयो । आदिल आलम पनि आएपछि गत सिजनको तुलनामा काठमाण्डौ बढी सन्तुलित देखिन्छ ।

त्यस्तै जनकपुर बोल्ट्सको शान्त रणनीति अनुरुप नै खेलाडीहरु पाउँदा पहिलो सिजन का मुख्य खेलाडिहरुको बलमा अघिल्लो संस्करण जस्तै बलियो अवस्थामा रहेको छ । कर्णाली याक्स भने थप उत्साहित देखिन्छ । टोलीका प्रशिक्षक ज्ञानेन्द्र मल्लले भने, युवराज खत्री, पवन शर्राफ समेत आएकोले हामी थप सशक्त भएका छौं ।

सुदुरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमटा पनि नयाँ सबै खेलाडीहरु सुदुरपश्चिमकै पाउँदा खुसी देखिए । लुम्बिनी लायन्सका कप्तान रोहि पौडेलको भनाईमा टोली गत सिजन भन्दा सन्तुलित बनेको छ । उता विराटनगर किग्सका कप्तान सन्दिप लामिछानेले आफ्नो टोली अक्सनका क्रममा अभागि रहेकोले सोचेजस्तो खेलाडि पाउन नसकेको प्रतिक्रिया दिएका छन । चितवन र पोखरा ले पनि यो अक्सनको फाइदा लिन चुकेको प्रतिक्रिया क्रिकेटप्रेमीहरुले समाजिक सञ्जालमा दिएका छन् ।

यो मिनी अक्सन सकिएपछि अझै प्रत्येक टोलीले स्थानिय क्षमतावान एक खेलाडि छान्न पाउनेछन । नेपाली खेलाडिहरुको छनौट पछि अब विदेशी खेलाडि अनुबन्धको प्रक्रिया शुरु भएको छ । कुन टोलीले कुन कुन खेलाडी भित्र्याउन सक्छन, त्यहि अनुसार कुन टोली बलियो भन्ने अनुमान लगाउन सजिलो हुनेछ । हाललाई जनकपुर र कर्णाली याक्स बलियो, सुदुरपश्चिम, काठमाण्डौ र लुम्बिनी सन्तुलित तथा पोखरा, विराटनगर र चितवन सामान्य देखिएका छन् । कुन टोली बलियो भन्ने निक्र्यौलका लागि एनपीएल दोस्रो सिजनको खेलहरु कुर्नुपर्नेछ ।

समयसीमा अपडेट