back to top
बिहीबार, २०८२ माघ १ गते

कैलाली कारागारमा कैदीबन्दीबिच झडपमा एक जनाको मुत्यु, कारागार परिसर तनावग्रस्त

दुई पक्ष झडपमा ४७ जना घाईते, दुई जनाको अवश्था गम्भिर, तनावग्रस्त कारागार परिसरमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन ।

कैलाली कारागारमा कैदीबन्दीबिच झडपमा एक जनाको मुत्यु, कारागार परिसर तनावग्रस्त

दुई पक्ष झडपमा ४७ जना घाईते, दुई जनाको अवश्था गम्भिर, तनावग्रस्त कारागार परिसरमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन ।

प्रकाशित:

कैलाली– धनगढीस्थित कैलाली कारागारमा बैदीबन्दीबिच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपका क्रममा एक जनाको मृत्युपछि कैलाली कारागार तनावग्रस्त बनेको छ ।

शुक्रबार राति दुई पक्ष कैदीबन्दीबिच झडप भएको थियो । झडपमा परी धनगढी उप–महानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

झडपमा ४७ जना कैदीबन्दी घाइते भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । सूचना अधिकारी जोशीका अनुसार घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते दुई जनालाई आइसीयूमा राखी उपचार गरिदै छ ।

अस्पतालमा घाइते कैदीबन्दीका आफन्त र पत्रकारलाई प्रवेश गर्न दिईएको छैन । अस्पताल परिसरमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । तनावग्रस्त बनेको कारागारमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित चारवटै सुरक्षा निकायका प्रमुखलाई कैदिबन्दीले कारागार प्रवेश गर्न रोकेका छन । उनीहरुले ताला लगाएर प्रवेश गर्न नदिएपछि प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख कारागार परिसरबाटै फिर्ता भएका थिए ।

डेढसय क्षमताको कैलाली कारागारमा सात सयभन्दा बढी कैदीबन्दी राखिएका छन् । कैदी स्थानान्तरणको विषयलाई लिएर कारागारमा पटक–पटक कैदीबन्दीबिच बिवाद हुँदै आएको छ । बिहीबार पनि कैदीबिच झडप भएको थियो । ६ जना घाइते भएका थिए ।

समयसीमा अपडेट