back to top
आईतवार, २०८२ श्रावण २५ गते

महाकाली नदिमा पानीको बहाव घट्यो

सारदा ब्यारेजमा चारदिनदेखी बन्द ठूला सवारीसाधन आवागमन सुचारु ।

महाकाली नदिमा पानीको बहाव घट्यो

सारदा ब्यारेजमा चारदिनदेखी बन्द ठूला सवारीसाधन आवागमन सुचारु ।

प्रकाशित:

महेन्द्रनगर– कञ्चनपुरस्थित महाकाली नदीमा पानीको सतह घट्दै गएको छ । पहाडी क्षेत्रमा बर्षा रोकिएसंगै शुक्रबार बिहानदेखी महाकालीमा पानीको सतह घट्दै गएको हो ।

नदिमा पानीको सतह घटेसंगै चारदिनदेखी बन्द रहेको नेपाल–भारत नाकाको बनबासास्थित शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवागमन शुक्रबार दिउँसोबाट सुचारु भएको छ ।

भारतीय पक्षले सुरक्षार्थ भन्दै पानीको बहाब एक लाख क्युसेक पुगेपछि ब्यारेजमा चारपाङ्ग्रे सवारी गुड्न रोक लगाउदै आएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार महाकालीमा पानीको बहाव एक लाख क्यूसेक भन्दा कम भएपछि आज दिउँसो १ बजेदेखि चारपाङ्ग्रे सवारीसाधन चल्न थालेका हुन ।

शुक्रबार बिहान ११ बजेको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख १२ हजार २ सय १७ क्युसेक थियो ।

समयसीमा अपडेट