कैलाली– कैलालीको धनगढीस्थित कारागारमा कैदीबन्दीबिच झडप हुँदा पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले झडपका क्रममा पाँच जना घाइते भएका बताए । जोशीका अनुसार पाँचै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे छानविन भइरहेको सूचना अधिकारी जोशीले जानकारी दिए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका तीन जनाको अन्यत्र
सरूवा भएको कारण झडप भएको जानकारी दिए । तीन जनाको स्थानान्तरण गर्ने क्रममा विवाद हुँदा झडप भएको प्रमुख जिल्ला अधिकारी हमालको भनाइ छ ।
कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबिच कुटाकुट भएको बताइएको छ । कैदीबन्दीबिच कुटाकुट भएपछि कैलाली प्रहरी प्रमुख बालनरसिंह राणा, डीएसपी राजकुमार सिंहले कारागार पुगेर घटनाबारे जानकारी लिएका छन ।