back to top
बुधबार, २०८२ श्रावण २८ गते

कमब्याकको पर्खाइमा अनिल, आदिल र जोरा !

कमब्याकको पर्खाइमा अनिल, आदिल र जोरा !

प्रकाशित:

कन्चनपुर– नेपाली राष्ट्रिय क्रिकेट टोलीले यहि अगष्ट अष्ट्रेलियामा हुुने टप इन्ट टी ट्वान्टी सिरिजका लागि टोली घोषणा गर्यो । १६ जनाको सुचीमा नपरेका एक प्रभावशाली खेलाडि हुन, महेन्द्रनगरका सन्दिप जोरा । उनी टोलीमा नपर्दा त्यति चर्चा पाएनन । राष्ट्रिय टोलीमा अनुभवी र राम्रो प्रभाव पारेका खेलाडिहरुको बाहुल्यता भएर उनी टीममा अटेनन् । अहिले १६ जनाको टोलीले नै सम्भवत सेप्टेम्बरमा आयोजना हुने टेष्ट राष्ट्र वेष्ट इन्डिज सँगको टी ट्वान्टी सिरिज र अक्टोबरमा टी ट्वान्टी विश्वकपको एसिया क्षेत्र छनौट प्रतिष्पर्धा खेल्नेछ ।

जोरा सँगै नाम चलेका टी ट्वान्टीका केहि अरु खेलाडिहरु पनि छन, जसमध्ये सर्वाधिक चर्चामा रहेका खेलाडि हुन, आदिल आलम, अनिल शाह र बसिर अहमद । सदिन्प जोराको बारेमा खासै चर्चा नहुँदा पनि उनी एक अब्बल खेलाडि हुन भन्ने कुरा यस अघि नै नेपाल क्रिकेटमा प्रमाणित भैसकेको छ । १९ वर्ष मुनिको टोलीबाट राष्ट्रिय टोलीमा खेलिसकेका जोरा ले अन्तर्राष्ट्रिय टी ट्वान्टीमा पहिलो म्याचमै सबैभन्दा कान्छो उमेरमा (१७ वर्ष) अर्धसतकको रेकर्ड आफ्नो नाममा लेखेका छन् । पछिल्लो सिजनको हङकङ सिक्सरमा त जोरा कै कप्तानीमा नेपालले अष्ट्रेलिया, इङल्याण्ड जस्ता टोलीलाई पराजीत गरेर सनसनी मच्चाएका थिए ।

नेपालमा क्रिकेटप्रेमीहरुले आदिल आलम र अनिल शाह टीममा नपर्दा जुन असन्तुष्टि सामाजिक सञ्जालहरुमा पोखेका छन, सन्दिप जोराको बारेमा खासै चर्चा नहुनु तथ्यभन्द बाहिर रहेको देखिन्छ । सन्दिप, अनिल र आदिल को नेपाली राष्ट्रिय टीमबाट खेल्दाको आँकडा हेर्दा ३ जना समान स्थानमा देखिन्छन । टी ट्वान्टी प्रतिष्पर्धामा जोराको ३१ खेलमा १९.४ को औषत हुदा अनिल शाहको १२ खेलमा समान १९.४ को औषत र आदिल आलम ८ खेलमा १५.७ को औषतले केहि पछाडि रहेका छन् । स्ट्राइक रेटमा जोरा झन बलिया देखिन्छन । त्यसैगरी एक दिवसिय खेलको आँकडा हेर्दा अनिल शाह १६ खेलमा एक महत्वपुर्ण सतक सहित २८.६ को औषत रन, आदिल आलम ६ खेलमा १७.५ को औषत र जोरा ५ म्याचमा ११.५ को औषत रन बनाएका छन् ।

जोरा ब्याटिङ सँगै एक उत्कृष्ट फिल्डरको रुपमा परिचित छन । अनिल शाह शुरुवाती ब्याटिङ सँगै विकेट किपर पनि हुन । त्यसैगरी आदिल आलम राम्रो विष्फोटक इनिङ खेल्नुका साथै बलिङ पनि गर्छन । सन्दिप जोरा र अनिल शाह राष्ट्रिय टोलीमा पटक पटक मौका पाउँदा पनि लागातार उत्कृष्ट प्रदर्शन गर्नबाट चुक्ने गरेका छन भने आदिल क्यानको कारबाहि फुकुवा पछि भर्खरै राष्ट्रिय टोलीको ढोका ढकढक्याइरहेका छन् ।

समयसीमा अपडेट