back to top
बिहीबार, २०८२ श्रावण २९ गते

महाकालीमा पानीको सतह अझै घटेन

डडेल्धुराको परिगाउँमा पानीको बहाव सतर्कता तह नजिक, दुई दिनदेखी शारदा ब्यारेजमा ठूला सवारी गुड्न रोक ।

महाकालीमा पानीको सतह अझै घटेन

डडेल्धुराको परिगाउँमा पानीको बहाव सतर्कता तह नजिक, दुई दिनदेखी शारदा ब्यारेजमा ठूला सवारी गुड्न रोक ।

प्रकाशित:

महेन्द्रनगर– कञ्चनपुरस्थित महाकाली नदीमा सोमबारदेखी बढेको पानीको सतह अझै घटेको छैन । पहाडी क्षेत्रमा निरन्तर बर्षासंगै भारतले धौलीगंगा बाँघका ढोका खोलेका कारण महाकाली नदिमा पानीको सतह बढ्दै गएको हो ।

नदिमा पानीको सतह बढेपछि नेपाल–भारत नाकाको बनबासास्थित शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवागमन दुई दिनदेखी बन्द छ । भारतीय पक्षले सुरक्षार्थ भन्दै पानीको बहाब एक लाख क्युसेक पुगेपछि ब्यारेजमा चारपाङ्ग्रे सवारी गुड्न रोक लगाउदै आएको छ ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार बुधबार बिहान १० बजेको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख ६८ हजार पाँच सय ३० क्युसेक रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको नदीमा बहाव मापन गर्ने प्रणाली अनुसार डडेल्धुराको परिगाउँमा महाकाली नदीमा पानीको सतह सतर्कता तह नजिक पुगेको छ । अहिले परिगाउँमा पानीको बहाव ६.२२७ रहेको छ । ६.८० पुगेमा सतर्कता तह र ८.०० पुगेमा खतराको तह मानिन्छ ।

समयसीमा अपडेट