back to top
बुधबार, २०८२ श्रावण २८ गते

महाकाली नदीमा पानीको सतह फेरि बढ्यो

ठूला सवारीसाधन सारदा ब्यारेजमा गुड्न रोक ।

महाकाली नदीमा पानीको सतह फेरि बढ्यो

ठूला सवारीसाधन सारदा ब्यारेजमा गुड्न रोक ।

प्रकाशित:

महेन्द्रनगर– महाकाली नदीमा पानीको सतह बढ्न थालेपछि सारदा ब्यारेजमा चारपांग्रे सवारी साधन गुड्न बन्द गरिएको छ ।

सोमबार साँझ बहाव घटेपछि दिनभरी बन्द रहेको ठूला सवारी आवागमन खुल्ला गरिएको थियो । आज बिहानै देखि महाकालीमा पानीको सतह बढेकाले फेरि ब्यारेजमा चारपांग्रे सवारीसाधन चल्न रोक लगाइएको हो ।

महाकाली नदीको बहाव एक लाख क्यूसेक पुग्नासाथ उक्त ब्यारेजमा ठूला सवारीसाधन गुड्न बन्द गरिदै आएको छ । ईलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार महाकाली नदीमा बिहानै देखि लगातार पानीको सतह बढ्दै गएको छ ।

भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको ड्यामका ढोका खोलिएको हुँदा महाकालीमा बहाव बढ्दै गएको हो । भोलिसम्म नै बहाव बढ्ने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार दार्चुलाको दत्तुमा पानीको बहाव सतर्कताको बिन्दु नजिक पुग्न थालेको छ ।

समयसीमा अपडेट