महेन्द्रनगर– कञ्चनपुरस्थित महाकाली नदीमा सोमबार बिहानैदेखि पानीको बहाव बढ्दै गएको छ । सुदूरपश्चिमका पहाडी क्षेत्रमा निरन्तर बर्षा भईरहेका कारण महाकाली नदिमा पानीको बहाव बढ्दै गएको हो ।
नदिमा पानीको सतह बढेसंगै नेपाल–भारत नाकाको बनबसास्थित शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवागमन बन्द गरिएको छ । भारतीय पक्षले सुरक्षार्थ भन्दै पानीको बहाब एक लाख क्युसेक पुगेपछि ब्यारेजमा चारपाङ्ग्रे सवारी गुड्न रोक लगाउदै आएको छ ।

सोमबार दिउँसो १२ बजेको मापन अनुसार महाकालीमा पानीको बहाव १ लाख ६८ हजार क्यूसेक पुगेको ईलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । सोमबार बिहान १ लाख ९ हजार ८० क्यूसेक बहाव थियो ।