back to top
बुधबार, २०८२ श्रावण २८ गते

निर्मला पन्त प्रकरणः नयाँ शिराबाट अनुसन्धान गर्न गृहमन्त्री लेखकको निर्देशन

निर्मला पन्त प्रकरणः नयाँ शिराबाट अनुसन्धान गर्न गृहमन्त्री लेखकको निर्देशन

प्रकाशित:

काठमाडौं– गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी बालिका निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको नयाँ शिराबाट अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)लाई निर्देशन दिएका छन् ।

आईबार सिआइबीको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष भईसकेको छ । सात वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन ।

प्रहरी अधिकारीहरु अहिले पनि अनुसन्धान जारी रहेको बताउदै आएका छन् । २०७५ श्रावण १० गते साथीको घरमा गृहकार्य गर्न गएकी बालिका पन्तको शव श्रावण ११ गते उखुबारीमा भेटिएको थियो । उक्त घटना अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले विभिन्न छानबिन समिति गठन गरे । तर, अहिलेसम्म अपराधि पत्ता लाग्न सकेको छैन ।

निर्मला पन्त लगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल घटनाको अनुसन्धानमा तिव्रता दिन गृहमन्त्री लेखकले निर्देशन दिएका छन ।

समयसीमा अपडेट