बाजुरा– करिब दुई महिनाअघि भीषण आगलागीबाट ध्वस्त भएको बाजुराको बाम्का बजारको स्वरुप फेरिदै छ ।
बुढीगङ्गा नगरपालिका–६ मा रहेको बाम्का बजार यहाँको मुख्य व्यापारिक केन्द्र हो ।
गत जेठ २३ गते बजारको एक होटलमा रहेको ग्याँस सिलिन्डर पड्किएर भीषण आगलागी भएको थियो । आगलागीबाट यहाँका झन्डै तिन दर्जन पसल जलेर नष्ट भएका थिए ।
स्थानीय, प्रदेश तथा संघिय सरकार लगायत विभिन्न संघ संस्थाहरुको सहयोगमा आगलागीबाट ध्वस्त भएको बाम्का बजार पुर्ननिर्माण सँगै स्वरूप पनि फेरिँदै गएको हो ।
बाम्का जिल्लाकै पुरानो बजार हो । यो बजार त्रिवेणी, बुढीगङ्गा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका लगायतका स्थानीयको मुख्य बजार हो । आगलागीबाट १५ करोड रुपैया भन्दा बढीको धनमाल क्षति भएको थियो ।