back to top
बुधबार, २०८२ श्रावण २८ गते

एक वर्षमा दस अर्बको भौतिक पूर्वाधार निर्माण

चार अर्ब पूर्वाधार विकास बजेट खर्च हुन सकेन ।

एक वर्षमा दस अर्बको भौतिक पूर्वाधार निर्माण

चार अर्ब पूर्वाधार विकास बजेट खर्च हुन सकेन ।

प्रकाशित:

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा १० अर्ब एक करोड रुपैयाँ बराबरको भौतिक पूर्वाधार निर्माण गरेको छ  । प्रदेश सरकारले आर्थिक वर्ष ०८१ /८२ मा उक्त बजेट खर्च गर्दै सडक, भवन, पुल, कुलो लगायतका भौतिक पूर्वाधार निर्माण गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा १ सय ६ किलोमिटर कालोपत्रे सडक निर्माण गरिएको छ  । त्यस्तै १ सय ३ किलोमिटर ग्राभेल, १ सय ४७ किलोमिटर माटे सडक र ६ वटा पुल निर्माण गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयको तथ्यांक छ ।
त्यसै गरी सरकारी तथा सामुदायिक ६ वटा भवन निर्माण गरिएका छन् ।

जनताको आवास कार्यक्रम अन्तर्गत १ सय १० वटा निजी आवास र तीन वटा एकीकृत आवास निर्माण भएको मन्त्रालयले जनाएको छ । २७ वटा सरकारी तथा सामुदायिक भवन मर्मत, कभर्ड हल दुई वटा, पार्क तीन वटा, खेल मैदान १० वटा पनि निर्माण गरेको छ  ।
प्रदेश सरकारको लगानीमा २६ किलोमिटर तटबन्ध निर्माण भई ३७ हेक्टर जमिन नदी कटान हुनबाट उकास गरिएको मन्त्रालयले जानकारी दिएको छ  ।

त्यस्तै १३ हजार ९ सय ४७ हेक्टर जमिनमा सिँचाइ विस्तार गरिएको छ  । सिँचाइ सुविधा विस्तारका लागि २ सय ४१ किलोमिटर पक्की कुलो, दुई किलोमिटर कच्ची कुलो, ३२ वटा डिप ट्युबेल, १ सय ६६ वटा सिँचाइ पोखरी र ७६ किलोमिटर पाइपलाइन निर्माण भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

गत आवमा प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि १४ अर्ब ४१ करोड बजेट विनियोजन गरिएको थियो । जसमध्ये चार अर्ब पूर्वाधार विकास बजेट खर्च हुन नसकेको मन्त्रालयले जानकारी दिएको छ  ।

समयसीमा अपडेट