back to top
बुधबार, २०८२ श्रावण २८ गते

महेन्द्रनगरको खुल्ला मञ्चमा आयोजित मेला सर्त अनुरुप संचालन गर्न प्रशासनको लिखित निर्देशन

मेला आयोजकबाट मनोरञ्जन कर लगायत प्रशासनिक शुल्क असुल उपर गर्न, गराउन भिमदत्त नगरपालिका र आन्तरिक राजश्वलाई पनि प्रशासनको पत्राचार ।

महेन्द्रनगरको खुल्ला मञ्चमा आयोजित मेला सर्त अनुरुप संचालन गर्न प्रशासनको लिखित निर्देशन

मेला आयोजकबाट मनोरञ्जन कर लगायत प्रशासनिक शुल्क असुल उपर गर्न, गराउन भिमदत्त नगरपालिका र आन्तरिक राजश्वलाई पनि प्रशासनको पत्राचार ।

प्रकाशित:

महेन्द्रनगर– कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जारी मिनि मनोरञ्जन तथा साँस्कृतिक मेला सर्त पालना गरी संचालन गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आयोजकलाई निर्देशन दिएको छ ।

श्रावण ९ गतेदेखि संचालन गरिएको मेला शान्ति सुरक्षा कायम गरी ब्यवस्थित रुपमा आयोजना गर्न जिल्ला प्रशासन कार्यालयले आयोजक तथा ब्यपस्थापकलाई पत्र मार्फत निर्देश गरेको हो ।

सुदूरपश्चिम समावेशी अपाङ्गता संघ कञ्चनपुरको आयोजना र भावना एम्युजमेन्ट प्रा.लि कैलालीको ब्यवस्थापनामा मेला आयोजना गरिएको हो । उक्त मेलामा साँस्कृति कार्यक्रम सहित होटल र बिभिन्न ब्यवसायीक गरी करिब ३० वटा स्टल रहेको आयोजकले जनाएको छ । विभिन्न खेल मनोरञ्नका सामाग्री पनि मेलामा राखिएको छ ।

सुरुमा आयोजकले श्रावण ५ गतेदेखि संचालन गर्ने गरी स्थानीय भिमदत्त नगरपालिकाबाट अनुमति लिएको थियो । तर, आयोजकले तयारी पुरा नभएको भन्दै चार दिनपछि श्रावण ९ गते मेला उद्घाटन गरेको थियो ।

श्रावण २९ गतेसम्म चल्ने भनिएको मिनि मनोरञ्जन तथा साँस्कृतिक मेला दिउसो ११ देखि राति ९ बजेसम्म संचालन हुने आयोजक र संयोजन कम्पनीले प्रचारप्रसार समेत गरेका थिए । तर, प्रशासनले अनुमति दिएन । राती ९ बजेसम्म मेला चलाउँदा शान्ति सुरक्षामा असर पर्ने भन्दै स्थानीय प्रशासनले रात्रीकालिन मेला संचालन गर्न रोक लगाएको हो । प्रशासनले साँझ ७ बजेसम्म पूर्णरुपमा मेला बन्द गरिसक्न भनेको छ ।

स्थानीय प्रशासनले मेला आयोजकलाई शान्ति सुरक्षा, अमनचयन, समाजीक सदभाव र अवाञ्छीत गतिविधि हुन नदिने गरी मेला संचालन गर्न भन्दै ८ बुदे निर्देशन सहितको पत्र काटेको छ । मेला आयोजना गर्दा कानून बमोजिम लाग्ने मनोरञ्जन कर लगायत प्रशासनिक शुल्क अनिवार्य असुल उपर गर्न गराउन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायलाई पत्राचार समेत गरेको छ ।

आयोजकले अक्षयकोष स्थापानार्थ पत्रकार महासंघ कञ्चनपुर शाखा र अपाङ्ग प्रवद्र्घन समाजलाई सहयोग गर्ने भनेको रकम सुनिश्चितता गर्न जिल्ला प्रशासनले पत्रमा भनेको छ ।

मेला आयोजकले पालना गर्नु पर्ने सर्त यस्ता छन !
१– मेला समापन पछि मेलास्थलको सरसफाई तथा फोहरमैला ब्यवस्थापन उचित ढंगबाट गर्ने, गराउने ।
२– स्वंयम सेवक परिचालन गरी मेलाको शान्ति सुरक्षा तथा सर्वसाधारणको अमनचयन, सामाजीक सदभाव कायम राख्ने, अवाञ्छीत गतिविधि हुन नदिने । त्यस्ता कृयाकलापको पूर्वानुमान गरी सर्तकताका साथ पूर्वतयारीमा रहने ।
३– नगद जित हार हुने गरिएका खेल पुर्णतः प्रतिबन्ध गर्ने, गराउने ।
४– लागु औषध तथा लागुपदार्थको कारोवार पुर्णतः बन्देज गर्ने, त्यस्ता पदार्थ सेवन गरी मेलास्थरमा आवतजावत तथा मनोरञ्जन गर्न पूर्णतया बन्देज गर्ने । त्यस्ता ब्यक्ति फेला परेमा तत्काल कानून बमोजिम कारवाही गर्ने ।
५– टिकट शुल्क, पार्किङ शुल्क तथा मनोरञ्जन शुल्क उठाउने कार्यको सुक्ष्म निगरानी राखी अनियमित हुन नदिने ।
६– आयोजक, पत्रकार महासंघ तथा अपाङ्ग प्रवद्र्धन समाजलाई प्राप्त हुने आम्दानी असुलीको सुनिश्चितता गर्ने, गराउने ।
७– मेलाको समय बेलुकी ७ बजेसम्म कायम गरी सात बजे पश्च्यात पुर्णतः बन्द गर्ने, गराउने
८– नेपाल कानून बमोजिम लाग्ने मनोरञ्जन कर लगायत प्रशासनिक शुल्क अनिवार्य रुपमा असुल उपर गर्ने, गराउने ।

समयसीमा अपडेट