back to top
बिहीबार, २०८२ माघ १ गते

रास्वपा भीमदत्त नगर सचिव रामदत्त भट्ट माथी अनुसन्धानका लागि दोस्रो पटक म्याद थप

रास्वपा भीमदत्त नगर सचिव रामदत्त भट्ट माथी अनुसन्धानका लागि दोस्रो पटक म्याद थप

प्रकाशित:

महेन्द्रनगर– आत्महत्या दुरुत्साहन मुद्दामा एक हप्ताअघि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुरको भीमदत्त नगर समितिका सचिव रामदत्त भट्ट माथी अनुसन्धानका लागि दोस्रो म्याद थप गरिएको छ ।

रामदत्त भट्ट र उनकी श्रीमति माथी थप अनुसन्धानका लागि अदालतबाट दोस्रो पटक ७ दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

आत्महत्या दुरुत्सानमा आएको जाहेरीका आधारमा भट्ट दम्पत्तिलाई श्रावण ४ गते  नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए । ‘वहाँ विरुद्ध जाहेरी आएपछि नियन्त्रणमा लिएका हौ, अनुसन्धान जारी छ’ उनले भने ।

भीमदत्त नगरपालिका ७ की एक महिलाले आत्महत्या गरेपछि भट्ट दम्पत्ति विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी परेको थियो । भट्ट २०८१ सालको उप निर्वाचनमा रास्वपाबाट भीमदत्त नगरपालिका ६ नम्बर वडाको उप निर्वाचन समेत लडेका थिए ।

समयसीमा अपडेट