महेन्द्रनगर– राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपरको भीमदत्त नगर समितिका सचिव रामदत्त भट्ट आत्महत्या
दुरुत्साहन मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भट्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
भट्टसंगै उनकी पत्नि पनि पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले आत्महत्या दुरुत्सानमा आएको जाहेरीका आधारमा भट्ट र उनकी पत्नि दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए । ‘वहाँ विरुद्ध जाहेरी आएपछि नियन्त्रणमा लिएका छौ, अदालती प्रक्रियामा गई सकेको छ’ उनले भने । प्रहरी प्रवक्ता बोहराका अनुसार भट्ट दम्पत्तिलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरिएको छ ।
भीमदत्त नगरपालिका ७ की एक महिलाले आत्महत्या गरेपछि भट्ट दम्पत्ति विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी परेको हो ।
भट्ट २०८१ को उप निर्वाचनमा रास्वपाबाट भीमदत्त नगरपालिका ६ नम्बर वडाको उप निर्वाचन समेत लडेका थिए ।